आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

१७ वर्षपछि मोनाकोलाई लिग वानको उपाधि

बिहीबार, ०४ जेठ २०७४, ०८ : ४५
बिहीबार, ०४ जेठ २०७४

एजेन्सी

मोनाको, जेठ ४ – सेन्ट एटिनेलाई २–० गोल अन्तरले हराउँदै मोनाकोले १७ वर्षपछि लिग वानको उपाधि जित्न सफल भएको छ ।

आठौँ पटक फ्रेन्च च्याम्पियन बन्नका लागि मोनाकोलाई १ अंक आवश्यक रहेकोमा कायलिन एमबापेले गोल गर्दै मोनाकोलाई अग्रता दिलाए ।

१८ वर्षीय एमबापेले कप्तान रामाडेल फाल्काओको पासमा गोल गरेका हुन् ।

त्यसपछि खेलको इन्जुरी समयमा भलारे जर्मेनले गोल गर्दै मोनाकोको जीत सुनिश्चित गरे ।

नयाँ फ्रेन्च च्याम्पियनको यो लगातार ११ औँ जित थियो ।

दोस्रो स्थानमा रहेको पेरिस सेन्ट जर्मेन ६ अंकले पछि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप