नायिका रिमा लागूको हृदयघातका कारण मृत्यु, थुप्रै फिल्ममा निभाएकी थिइन् आमाको भूमिका
एजेन्सी
जेठ ४ – ‘हम आपके हे कौन’ समेत थुप्रै फिल्ममा अभिनय गर्ने नायिका रिमा लागू (५९) को निधन भएको छ । छातीमा अत्यधिक पीडा भएपछि उनलाई कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो । बुधबार राती ३ बजेर १५ मिनेटमा उनले अन्तिम सास लिइन् ।
रिमाले हिन्दीका साथै मराठीमा पनि काम गरेकी थिइन् । उनले सलमान खानका थुप्रै फिल्ममा उनकी आमाको भूमिका निभाएकी थिइन् । यीमध्ये ‘मेने प्यार किया’, ‘आशिकी’, ‘हम आपके हे कौन’, ‘वास्तव’, ‘कुछ कुछ होता है’ र ‘हम साथ साथ हे’ जस्तो फिल्ममा अभिनय गरेकी थिइन् ।
टेलिभिजन सिरियलमा पनि काम गरिन्ः
रिमाले टेलिभिजन सिरियल ‘तू तू मे मे’ मा पनि काम गरिन् । सिरियलमा सासू बुहारीको लडाईंलाई दर्शकहरुले निकै मन पराए ।
रिमा लागूको वास्तविक नाम गुरिन्दर भदभदे थियोः
रिमाको जन्म सन् १९५८ मा मे १८ तारिखमा भएको थियो । उनको वास्तविक नाम गुरिन्दर भदभदे थियो । रिमाकी आमा मन्दाकिनी भदभदे पनि नायिका थिइन् । रिमाको विवाह मराठी नायक विवेक लागूसँग भएको थियो । विवाह पछि उनले आफ्नो नाम रिमा लागू राखेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, अप्ठ्यारोमा कोशीको संसदीय अंकगणित
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण