आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

युभेन्टसद्वारा ट्रेबलको पहिलो खुड्किलो पार : कोपा इटालियाको उपाधि जित्यो

बिहीबार, ०४ जेठ २०७४, ०८ : ०३
बिहीबार, ०४ जेठ २०७४

एजेन्सी

रोम, जेठ ४ – यस सिजन घरेलु र युरोपिन प्रतियोगिता सहित तीनवटा उपाधि जित्ने होडमा रहेको युभेन्टसले पहिलो उपाधि जितेको छ ।

कोपा इटालियाको फाइनलमा लाजियोलाई २–० ले हराउँदै उपाधिमा कब्जामा जमाएको हो ।

पहिलो हाफमा ड्यानी आल्भेज र लियोनार्डो बनुचीको गोलको मद्दतले गोल गर्दै युभेन्टसलाई जित तर्फ अग्रसर गरेका थिए ।

आफ्नै मैदानमा खेलिरहेको लाजियोले कुनै गोल फर्काउन नसकेपछि युभेन्टस विजयी बनेको हो ।

यही हप्ता युभेन्टसले लगातार छैटौँ इटालियन लिग उपाधि जित्न लागेको छ भने जुन ३ मा च्याम्यिन्स लिगको उपाधिका लागि स्पेनिस जायन्ट रियल म्याड्रिडको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप