आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

पोखरा लेखनाथको वडा नं ७ मा एमाले, ६ र ८ को नतिजा मिश्रित

बिहीबार, ०४ जेठ २०७४, १० : ०४
बिहीबार, ०४ जेठ २०७४
पोखरा - पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मा नेकपा एमालेको प्यानल विजयी भएको छ भने वडा नं ६ र ८ मा मिश्रित नतिजा आएको छ । वडाको पछिल्लो मत परिणामअनुसार वडा नं ७ मा नेकपा ९एमाले०का रामचन्द्र बराल एक हजार २१२ मतसहित वडाध्यक्षमा विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामप्रसाद वस्ताकोटीले एक हजार १११ मत प्राप्त गरे। महानगरको वडा नं ६ मा नेकाका जगत पहारी एक हजार ६७६ मतसहित विजयी बनेका छन् । उन्का निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का मेयरमान श्रेष्ठले एक हजार २६९ मत प्राप्त गरे । उक्त वडामा अन्य सबै सदस्य पदमा नेकपा ९एमाले०का उम्मेदवार विजयी भएका छन् । वडा नं ८ को अन्तिम मतपरिणामअनुसार नेकपा एमालेका रुद्रनाथ बराल एक हजार ८०३ मतसहित विजयी बनेको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका शारदा गिरीले एक हजार ६६३ मत प्राप्त गरे । वडामा खुलातर्फका दुई सदस्यमा काँग्रेसका उम्मेदवार र महिला सदस्य तथा दलित महिला सदस्यमा नेकपा ९एमाले०का उम्म्ेदवार विजयी बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप