केपी ओलीको वडामा काँग्रेसका प्यानलै विजयी
बिहीबार, ०४ जेठ २०७४, १० : १०
भक्तपुर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासस्थल सूर्यविनायक नगरपालिका वडा नं २ मा १७ मतको अन्तरले वडाध्यक्षसहितको प्यानल नेपाली काँग्रेसले जित हासिल गरेको छ ।
वडा नं २ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार कमलनाथ आचार्य विजयी हुनुभएको हो । आचार्यले एक हजार ३८५ मत ल्याएर विजयी हुनु भयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रबि श्रेष्ठले एक हजार ३६८ मत ल्याएका थिए ।
त्यसैगरी, महिला सदस्यमा कान्छीमाया श्रेष्ठ, दलित महिला सदस्यमा मुना परियार, सदस्यमा सुवासकुमार कार्की काँग्रेसका उम्मेदवारहरु विजयी भए, भने अर्का सदस्यमा एमालेका उम्मेदवार विश्वराज विष्ट विजयी भएका छन् ।
त्यसैगरी, भक्तपुर नगरपालिका–३ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार राजकृष्ण गोराको प्यानल नै विजयी भएको छ । अध्यक्षमा गोराले एक हजार ६६६ मत ल्याउनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका ओमप्रकाश भुजुले एक हजार १४० मत ल्याएका थिए । त्यसैगरी, सदस्यहरुमा राजकुमार शिल्पकार, कृष्णगोपाल चौगुठी र सुनिता प्रजापति अवाल विजयी भए ।
भक्तपुर नगरपालिका–४ मा नेमकिपाका कुमार चवालसहितको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा चवालले दुई हजार ९८१ मत ल्याएका थिए, भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका उम्मेदवार सुन्दर भेलेले ९८४ मत ल्याउनु भएको थियो । त्यसैगरी, सदस्यहरुमा पनि नेमकिपाकै कृष्णलक्ष्मी दुवाल, राजेन्द्र माक र पशुपति प्रजापति विजयी भएका छन् ।
भक्तपुर नगरपालिकाको नगर प्रमुखमा नेमकिपाका उम्मेदवार सुनिल प्रजापति, उपप्रमुखमा रजनी जोशी, मध्यपुर थिमि नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार अष्टकुमार कवेँ र उपप्रमुखमा अञ्जना मधीकर्मी तथा सूर्यविनायक नगरपालिकाको नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विष्णुराज कार्की र उपप्रमुखमा एमालेकी उम्मेदवार जुना बस्नेतले अग्रता लिएको छ । चाँगुनारायण नगरपालिकामा पनि मतगणना जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण