सल्यानः एमालेले ३, कांग्रेस र माओवादी केन्द्र २/२ स्थानमा विजयी
सल्यान, जेठ ४–गत बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनको मतगणना सल्यानमा आज पनि जारी छ । १० वटा स्थानीय तह रहेको सल्यानमा ७ वटा स्थानीय तहको रिजल्ट आइसकेको छ । कपुरकोट गाउंपालिका, कालिमाटी गाउंपालिका र ढोरचौर गाउंपालिका गरि ३ स्थानमा नेकपा एमाले, बागचौर नगरपालिका र दार्मा गाउंपालिका गरि २ स्थानमा माओवादी केन्द्र, र त्रिवेणी र छत्रेश्वरी गाउंपालिका गरि २ स्थानमा काग्रेसले जीत हात पारेको छ । पछिल्लो जानकारि अनुसार सल्यानको कालिमाटी गाउँपालीकमा नेकपा एमालेका दान बहादुर खत्रि केसीले २९१२ मत ल्याएर अध्यक्षमा विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पुरुषोत्तम भट्टराइलाई ५४९ मतले हराउदै केसी विजय बनेका हुन । त्यस्तै उपाअध्यक्ष पदमा एमालेकै सहनशिलता ओलि डाँगी २९४४ मत ल्याएर विजय भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी प्रिती डिसी विसि लाई ५७८ मतले हराउदै डाँगी विजय बनेकी हुन । माओवादी केन्द्रबाट अध्यक्षमा पुरुषोत्तम भट्टराईले २३६३ मत ल्याए भने उपाध्यक्षमा प्रिती डिसी विसि २३६६ मत ल्याइन । नेपाली काँग्रेसका पनि अध्यक्षमा भरत पुनले १९२९ मत ल्याए भने उपाध्यक्षमा कमला अधिकारी १६७० मत प्राप्त गरिन । त्यस्तै वडा अध्यक्षमा ५ ओटा वटा एमाले ले जितेको छ भने १ ओटा माओवादी र १ ओटा काँग्रेसले जितेको छ । कालीमाटी गाउँपालीका वडा नं. १ बाट एमालेका रविलाल वस्नेत विजय । कालीमाटी गाउँपालीका वडा नं. २ बाट एमालेका इन्द्र बहादुर वली विजय । कालीमाटी गाउँपालीका वडा नं. ३ बाट एमालेका विर बहादुर वली विजय । कालीमाटी गाउँपालीका वडा नं. ४ बाट एमालेका वेल बहादुर चन्द विजय । कालीमाटी गाउँपालीका वडा नं.५ मा एमालेका चन्द्र बहादुर गाहा मगर सहितको प्यानल विजय । कालीमाटि गाउँपालीका वडा नं. ६ बाट माओवादी केन्द्रका टेक राज पुलामी सहितको पुरै प्यानल विजय । कालीमाटी गाउँपालिका वडा नं. ७ बाट काँग्रेसका नयन सिं रानाको पुरै प्यानल विजयी ।
उता सल्यानको वन्गाड कुपिण्डे नगरपालिकामा माओवादी केन्द्र र काग्रेस एमालेको संयुक्त प्यानलविच कडा प्रतिष्पर्धा देखिएको छ । यो समाचार तयार पार्दा सम्म तनगनना कार्य जारि छ । र केहि समय अघिको विवरण अनुसार यस नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका कर्ण बहादुर बुढाथोकीले ४४२४ मत प्राप्त गरेका छन् भने एमालेका गोविन्द पुनने ४२९५ मत ल्याएका छन् । उप प्रमुखमा माओवदी केन्द्रकी मन्जु यरीले ४१७३ र काग्रेसका दिपेन्द्र बिष्टले ३५३९ मत ल्याएका छन् । जम्मा १२ वटा वडा रहेको यस नगरपालिकामा अहिले ६, ७ र ८ नम्बर वडाको मत गणना चलिरहेको छ । यस नगरपालिकामा अहिले सम्म माओवादी केन्द्र ६ र एमाले ३ वडामा बिजयी भएका छन । माओवाद केन्द्रबाट २ न वडा अध्यक्षमा प्रतिमल बुढा ३ न वडा अध्यक्षमा टेक ब पुन (छाया) ४ न वडा अध्यक्षमा मोमत रोका (बादल) ५ न वडा अध्यक्षमा कमल बि क (आरम्भ) ९ न वडा अध्यक्षमा इन्द्र ब कुमाइ ११ न वडा अध्यक्षमा बिर ब बुढामगर (कैलाश) नेकपा एमालेबाट १ न वडा अध्यक्षमा शान्त कुमार यरी १० न वडा अध्यक्षमा मानसिह पुरी १२ न वडा अध्यक्षमा गोविन्द डाङ्गी बिजयी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण