शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

१८३ स्थानको परिणाम आयो : ७३ स्थानसहित एमाले पहिलो स्थानमै

बिहीबार, ०४ जेठ २०७४, १४ : ०५
बिहीबार, ०४ जेठ २०७४
काठमाडौ, जेठ ४ –प्रदेश नम्बर ३,४ र ६ का २८३ स्थानमा पहिलो चरणमा भएको स्थानीय निर्वाचनको १ सय ८३ स्थानीय तहको मत परिणाम आइसकेको छ । बाँकी सय स्थानीय निकायको मत परिणाम आउने क्रममा छ । बिहीबार दिउँसो एक बजेसम्म प्राप्त मत परिणाम अनुसार सवैभन्दा अगाडी नेकपा एमाले छ । उसले ७३ स्थानको प्रमुख पद जित्न सकेको छ । त्यस्तै प्राप्त परिणाम अनुसार ६८ स्थानमा जित्दै नेपाली कांग्रेस दोस्रो स्थान ओगट्न सफल भएको छ । संसदमा तेस्रो शक्ति बनेको माओवादी केन्द्र अहिलेको यो निर्वाचन परिणाममा पनि तेस्रो स्थान पक्का बनाएको छ । उसले अहिलेसम्म ३६ स्थानीय निकायको प्रमुख पद हात पारेको छ । योसँगै ३ स्थानमा स्वतन्त्र उम्मेदवारहरुले जितेका छन् भने एकएकमा राप्रपा, नयाँशक्ति र जनमोर्चाले जितेका छन् । बिहिबार दिउँसो २ बजेको अपडेट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप