शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय वजारको प्रभावः निगमको नाफा थपिँदै

बिहीबार, ०४ जेठ २०७४, १४ : १०
बिहीबार, ०४ जेठ २०७४
काठमाडौं, जेठ ४–अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि नेपाल आयल निगमको नाफा समेत उकालो लागेको छ । भारतीय आयल निगम (आइओसी) ले पठाएको नयाँ मुल्य विवरण अनुसार मासिक नाफामा वृद्धि भएको हो । आइओसीले १५ मे मा पठाएको मुल्य विवरण अनुसार निगमको नाफा करिव २० करोड रुपैयाँ पुग्ने अनुमान छ । गत १ मे मा पठाएको मुल्य विवरण अनुसार निगमलाई ७ करोड ३४ लाख रुपैयाँ नाफा थियो । निगमलाई डिजेल र एलपी ग्यास वाहेक अरुमा नाफा रहेकाले पनि नाफा वढेको देखिएको छ । गत मे १ तारिखमा आइओसीले पठाएको मुल्य विवरण अनुसार पेट्रोलमा मात्र कुल ७ करोड ३७ लाख रुपैयाँ थियो । यस्तै, गत १ मे मा पठाएको मुल्य विवरण अनुसार निगमलाई मट्टितेलमा १ करोड ४५ लाख, आन्तरिक हवाई इन्धनमा कुल २ करोड ३४ लाख अन्तर्राष्ट्रिय हवाइ इन्धनमा १० करोड ५ लाख रुपैयाँ कुल नाफा थियो । तर, निगमलाई सो समय पठाएको विवरण अनुसार एलपी ग्यासमा ८ करोड १४ लाख र डिजेलमा ५ लाख ७४ लाख रुपैयाँ घाटा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप