शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ललितपुर महानगरको १० वडाको मत गणना सम्पन्न

बिहीबार, ०४ जेठ २०७४, १४ : १४
बिहीबार, ०४ जेठ २०७४
ललितपुर, जेठ ४ – ललितपुरका २९ वडामध्ये १० वडाको मतगणना सम्पन्न भएको छ । मत परिणाम अनुसार ललितपुर महानगरपालिका वडा नं. १को वडाअध्यक्षमा नेपाली कांग्रेसका निर्मल तण्डुकारले ६९२ मत प्राप्त गरेका छन् । वडा नं. २ मा एमालेका राजेशकुमार महर्जनले १८३८, ३ का एमालेका श्रीगोपाल महर्जनले १७०६ र ४ मा एमालेका नारायण केसीले ११७३ मत प्राप्त गरेका छन् । त्यसैगरी ५ मा एमालेका विकासमान श्रेष्ठले ६४३, ६ का कांग्रेसका हिटलर शाक्यले ११४८, ७ मा कांग्रेसका कुलबहादुर महर्जनले १८५८, ८ का कांग्रेसका हेम महर्जनले १०३४ र ९ का कांग्रेसका राजु महर्जनले ११७० र १० का नरसिंह महर्जन जो स्वतन्त्रबाट उठेका थिए उनले ६९१ मत प्राप्त गरी स्थानीय निर्वाचनमा विजयी भएका छन् । यसरी हेर्दा १० वडामध्ये ५ वटा वडामा कांग्रेस, एउटामा स्वतन्त्र र ४ वटामा एमालेका वडाध्यक्षले जितेका छन् । लपुमनपामा जम्मा २९ वडा छन् । हालसम्म १० वडाको मात्रै मत गणना सम्पन्न भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप