शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अन्तर्वार्ताको क्रममा बीबीसीका प्रस्तोताले छोए महिलाको स्तन, लाइभ शोमा खाए थप्पड

बिहीबार, ०४ जेठ २०७४, १४ : ३६
बिहीबार, ०४ जेठ २०७४

इन्डिपेन्डेन्ट डट को डट युके

जेठ ४ – बीबीसीका कार्यक्रम प्रस्तोतालाई एक महिलाले थप्पड हानेकी छिन् । ती महिलाले लाइभ अन्तर्वार्तामा अवरोध निम्त्याएपछि प्रस्तोताले उनको स्तन समातेका थिए ।

करिब तीन दशकदेखि बीबीसीमा कार्यरत बेन ब्राउनले बीबीसीका सहायक राजनीतिक सम्पादक नोरम्यान स्मिथसँग मंगलबार अन्तर्वार्ता लिइरहेका थिए ।

अन्तर्वार्ताको बिचैमा सनग्लास लगाएकी एक महिला क्यामराको फ्रेममा पर्ने गरी आइपुग्छिन् र ‘बिल्कुल सानदार’ भन्दै मुसुक्क हाँस्छिन् र बुढी औंला देखाउँछिन् ।

उनको अवरोधले रिसाएका बीबीसीका कार्यक्रम प्रस्तोताले उनलाई स्तनमा छोएर त्यहाँबाट हट्ने संकेत गर्छन् र अन्तर्वार्तालाई अगाडि बढाउँछन् । स्मिथले पनि उनलाई त्यहाँबाट हट्नका लागि आग्रह गर्दै भन्छन्, ‘हामीले केही सेकेन्डको समय दिनुहोस्, है त ?’

नाम नखुलाएकी ती महिला त्यसपछि हच्किन्छिन् र त्यहाँबाट जानुभन्दा पहिले ब्राउनको काँधमा मज्जाको थप्पड हान्छिन् ।

ब्राउनले उक्त घटना अन्जानवश भएको र कार्यक्रमलाई अवरोधबाट रोक्नका लागि यस्तो गरेको स्पष्टिकरण ट्वीटरमार्फत दिएका छन् ।

बीबीसीले यसबारे कुनै टिप्पणी दिन अस्विकार गर्दै ब्राउनबारे कुनै उजुरी नआएको बताएका छन् । यद्यपी, उनीहरुले कार्यक्रम प्रस्तोताविरुद्ध कुनै पनि एक्सन नलिने बताएका छन् । बीबीसीले उक्त घटनालाई ‘एक दुर्घटनाको’ संज्ञा दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप