शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रस्तावित राजदुत रायमाझीको नाम अनुमोदन

बिहीबार, ०४ जेठ २०७४, १४ : ३७
बिहीबार, ०४ जेठ २०७४
कामठाडौ, जेठ ४ – संसदीय सुनुवाई विशेष समितिले स्पेनका लागि प्रस्तावित राजदुत भरतबहादुर रायमाझीको नाम अनुमोदन गरेको छ । समितिको विहिबार बसेको बैठकले संवैधानिक परिषदले स्पेनका लागि सिफारिस गरेको रायमाझीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । स्पेनका लागि प्रस्तावित राजदुतको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति कुलबहादुर गुरुङले जानकारी दिए । प्रस्तावित राजदुत रायमाझीले समितिको बैठकमा आफू राजदुत भइसकेपछि गर्ने कार्य योजना नै पेश गर्नु भएको थियो । समितिले प्रस्तावित राजदुतका विषयमा कुनै उजुरी नपरेको पनि स्पष्ट पारेको छ । बैठकमा प्रस्तावित राजदुत रायमाझीले स्पेन सरकार, गैर आवासीय नेपाली संघसँग सहकार्य गरेर नेपालको आर्थिक विकासमा विशेष खालको योगदान दिने प्रतिवद्धता व्यक्त गरेका थिए । बैठकमा समितिका सदस्यहरुले स्पेनमा राजदुतको रुपमा रहँदा गर्ने कायको योजनाबारे जिज्ञासा राखेका थिए । उनीहरुले स्पेनको प्राविधिक शिक्षाबाट नेपालले कसरी लाभ लिन सक्छ भन्ने विषयमा सोच्न पनि आग्रह गरेका थिए । संवैधानिक परिषदले राजदुतमा सिफारिस गरेकाको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप