शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अझैं प्रभावकारी हुन सकेन काठमाडौंको मतगणना, यही गतिमा गन्दा थप १९ दिन लाग्ने !

बिहीबार, ०४ जेठ २०७४, १५ : ३२
बिहीबार, ०४ जेठ २०७४
काठमाडौं, जेठ ४–समूह विभाजन गरी ११ स्थानबाट गणना सुरु भएको काठमाडौ महानगरपालिकाको मतगणना कार्यमा प्रभावकारी परिवर्तन आउन सकेको छैन । सोमबार दिउँसोबाट एक स्थानबाट सुरु भएको सो महानगरपालिकाको मत गणनाको काम बुधबारबाट ११ स्थानमा विभाजन गरी गणना गर्न थलिएको थियो । मत गणना पट्यारलाग्दो, सुस्त र कछुवागतिको भएको भन्ने आलोचनापछि आयोगले त्यसलाई विस्तार गर्दै व्यवस्थित पार्ने प्रतिवद्धतासहित गणनास्थल बढाउनुका साथै कर्मचारी समेत बढाएर व्यवस्थित बनाउने जनाएको थियो । तर, आयोगको यो प्रतिवद्धतापछि परिणाम आउने क्रम नगन्य मात्रामा बढेपनि सुस्तता र भद्रगोल भने कायमै छ । आयोगले समुह विभाजन गरेर मतगणना थालेको २४ घण्टा वित्दा अपेक्षाकृत नतिजा आएको छैन । बिहीबार तीन बजेसम्म पनि काठमाडौ महानगरपलिकाको १२ हजार बढि मत गनिएको छैन । बुधबार दिउँसोसम्म हुन झण्डै तीन हजार मत गनिएको थियो । समह विभाजनपछि भएको मत गणनाको २४ घण्टामा नौ हजार मत गनिएको छ । यहि रफ्तारमा गन्दा पनि काठमाडौ महानगरपालिकाको झण्डै दुई लाख मत गन्न अझै १९ दिन लाग्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप