शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ललितपुर महानगरमा अग्रता बढाउँदै कांग्रेस, एमाले ५ सय मतले पछाडि

बिहीबार, ०४ जेठ २०७४, १५ : ५९
बिहीबार, ०४ जेठ २०७४
ललितपुर, जेठ ४ – ललितपुर महानगरपालिकामा कांग्रेस र एमालेका मेयरका उम्मेदवारवीचको मत अन्तर ५ सय बढि पुगेको छ । यसअघि सय डेढसयको मात्रै फरक रहेको ललितपुरमा बिहीबार दिउँसोबाट दुई उम्मेदवारवीचको मतअन्तर फराकिलो बन्दै गएको हो । बिहीबार साढे तीनवजेको परिणामअनुसार कांग्रेसका उम्मेदवार चिरिबाबुर महर्जनले ११ हजार ८४ मत पाउदा एमालेका हरिकृष्ण व्याञ्जनकारले १० हजार ५ सय ७९ मतमात्र ल्याएका छन् । १९ वडा बाँकी ललितपुरका २९ वडामध्ये १० वडाको मतगणना सम्पन्न भएको छ । गणना सकिएका वडा नं. १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका निर्मल तण्डुकार, २ मा एमालेका राजेशकुमार महर्जन, ३ मा श्रीगोपाल महर्जन, र ४ मा नारायण केसी विजयी भैसकेका छन् । त्यसैगरी ५ मा पनि एमालेका विकासमान श्रेष्ठ विजयी भएका छन् भने ६ मा कांग्रेसका हिटलर शाक्य, ७ मा कुलबहादुर महर्जन, ८ मा हेम महर्जन, ९ मा राजु महर्जनले जितेका छन् भने १० मा स्वतन्त्रका नरसिंह महर्जनले जितेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप