शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

१९३ स्थानको परिणाम सार्वजनिक : ७८ स्थानसहित एमाले अगाडि

बिहीबार, ०४ जेठ २०७४, १६ : ३७
बिहीबार, ०४ जेठ २०७४

काठमाडौ, जेठ ४ –प्रदेश नम्बर ३,४ र ६ का २८३ स्थानमा पहिलो चरणमा भएको स्थानीय निर्वाचनको १ सय ९३ स्थानीय तहको मत परिणाम आइसकेको छ । बाँकी ९० स्थानीय निकायको मत परिणाम आउने क्रममा छ । बिहीबार दिउँसो चार बजेसम्म प्राप्त मत परिणाम अनुसार सवैभन्दा अगाडी नेकपा एमाले छ । उसले ७८ स्थानको प्रमुख पद हत्याएको छ । त्यस्तै प्राप्त परिणाम अनुसार ७१ स्थानमा जित्दै नेपाली कांग्रेसले दोस्रो स्थान यथावत राखेको छ । तेस्रो शक्ति बनेको माओवादी केन्द्र अहिलेको यो निर्वाचन परिणाममा पनि तेस्रो स्थानमै छ । उसले अहिलेसम्म ३८ स्थानीय निकायको प्रमुख पद हात पारेको छ । योसँगै ३ स्थानमा स्वतन्त्र उम्मेदवारहरुले जितेका छन् भने एकएकमा राप्रपा, नयाँशक्ति र जनमोर्चाले जितेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप