सान्जेनको सेयर निस्कासन गर्न सम्झौता
बिहीबार, ०४ जेठ २०७४, १७ : २४
काठमाडौं, जेठ ४–सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको शेयर बिक्री गर्न नागरिक लगानी कोष र सह–निष्कासशन तथा बिक्री प्रबन्धक कम्पनीवीच सम्झौता भएको छ ।
कोष र सह–निस्कासन कम्पनी एनसीएम मर्चेन्ट बैकिङ लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल लिमिटेड तथा ग्लोबल आईएमई क्यापिटलवीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र सह निस्कासन कम्पनीको तर्फबाट एनसिएम मर्चेन्टका प्रबन्ध संचालक बिजय लाल श्रेष्ठ, सिभिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पराग बिष्ट, प्रभु क्यापिटलको तर्फबाट महाप्रबन्धक शंकर प्रसाद कालिकोटा, एनएमवि क्यापिटलको प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरे र ग्लोवल आईएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका हुन ।
सान्जेनले पहिलो चरणको शेयर निस्कासनको लािग छुट्टयाइएको समुह ग बमोजिमको क्रण दाता संस्थाका कर्मचारी, संस्थापक शेयरधनी संस्थाका कर्मचारी, समुह घ अन्तरगतका कर्मचारी संचय कोषकमा रकम जम्मा गरेका संचय कर्ता कर्मचारीको लागि ८७ लाख ६० हजार कित्ता सेयरको लागि सह–निस्कासन कम्पनी वीच सम्झौता भएको कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण