शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लगानी बोर्डको उपाध्यक्षमा मन्त्री जोशी, सशक्त निकाय वनाउने प्रतिवद्धता

बिहीबार, ०४ जेठ २०७४, १७ : ३०
बिहीबार, ०४ जेठ २०७४

काठमाडौं, जेठ ४– उद्योग मन्त्री नविन्द्रराज जोशी लगानी वोर्डको उपाध्यक्षमा नियुक्त भएका छन् । सरकारले बुधबार उनलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो । नव नियूक्त उपाध्यक्ष नविन्द्रराज जोशीले लगानी बोर्डलाई विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरि ठुलापुर्वाधार परियोजनाहरु प्रभावकारी ढंगले अगाडि बढाउन एउटा सशक्त निकायको रुपमा स्थापित गर्ने वताएका छन् । मन्त्री जोशीको सम्मानमा लगानी बोर्र्डको कार्यालयले बिहीबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो वताएका हुन् । उनले लगानी बोर्डले आफ्नो विज्ञता र विशिष्टतालाई परियोजना पहिचान एवं तिनीले रोजगारी, राजश्व तथा समग्र अर्थव्यवस्थामा दिने योगदान बारे अनुसन्धान एवं लगानी सहजीकरणको काममा प्राथमिकता दिनुपर्ने वताए । लगानीबोर्डको कामलाई अझ सहज बनाउन लगानीबोर्ड ऐनमा आवश्यक संसोधन गर्नुपर्ने भए त्यसको लागि पनि आफ्नो तर्फबाट आवश्यक सहयोग हुने आश्वासन समेत उनले व्यक्त गरे । उक्त अवसरमा उद्योग सचिव शंकर प्रसाद कोईरालाले पुँजीगत खर्च कम हुनु सबै मन्त्रालयको समस्या रहेको बताउँदै लगानी बोर्डले अगाडि बढाएका परियोजनाको सहज कार्यान्वयनमा उद्योग मन्त्रालयको सहयोेग सदैव रहने आश्वासन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप