अवैध लागू औषधसहित युवक पक्राउ
बिहीबार, ०४ जेठ २०७४, १७ : ३५
सिरहा, जेठ ४ – जिल्ला प्रहरी कार्यालय सिरहाले विशेष सुराकीको आधारमा अवैध लागु औषध सहित एक युवकलाई नियन्त्रणमा लिएको छ । भारतीय बजारबाट सिरहा नपा १२ को कमला नदीको बाँधको बाटो मोटरसाइकलमा बोरामा हालेर उत्तरतर्फ लगिरहेको बेला सिरहा कर्जन्हा ८ का २९ वर्षिय सुनिल कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जल्ला प्रहरी कार्यालय सिरिहाका अनुसार बा. १३ प १३३८ नम्वरको मोटरसाइकलमा बोरामा पोक भित्र लुकाई ल्याइरहेको अवैध लागु औषध कोरेक्स ७८ बोतल, लुपिजेसिक ३० एम्पुल, डाईजिल्याव ३० एम्पुल, फोटविन एक सय ६१ एम्पुल, फेनारगन २६ एम्पुल, स्पस्मो प्रोक्सिवान एक सय ४४ ट्याब्लेट, नाईट्रोसन दुई सय ९६ साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बुधबार पक्राउ परेका साहलाई लागू औषध ऐन अन्तर्गत कानूनी प्रक्रिया अगाडी बढाइएको जनाएको जिल्ला प्रहरी कार्यालयका एसपी शेखर कोइरालाले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
-
भोक हडताल गरेका वाङचुकले औषधि लिन गरे इन्कार
-
कविता: भावना र आक्रोश होइन, यथार्थ बुझ त साथी
-
वर्षा लागेपछि कुहिन्छ तरकारी, शीतभण्डार नहुँदा किसान मारमा
-
राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण