शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मध्यपुर–३ मा काँग्रेस विजयी

बिहीबार, ०४ जेठ २०७४, १७ : ३७
बिहीबार, ०४ जेठ २०७४
नगरकोट, ४ जेठ -मध्यपुर थिमी नगरपालिका–३ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडा नं ३ मा काँग्रेसका प्रेम बहादुर कुटुले एक हजार ४७२ मत प्राप्त गरी वडा अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी राप्रपाका रविन थापाले १९७ मत र माओवादी केन्द्रका भुवन केसीले १७१ मत पाउनुभएको छ । काँग्रेसकी महिला सदस्य विनु केसी, दलित महिला सदस्य निर्मला परियार, खुला सदस्यद्वयमा कृष्णहरि आचार्य र राजभक्त श्रेष्ठ विजयी हुनुभएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप