शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बाह्रबिसे नगर प्रमुखमा शेर्पा विजयी

बिहीबार, ०४ जेठ २०७४, १७ : ३९
बिहीबार, ०४ जेठ २०७४
चौतारा, जेठ ४ – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको नगर प्रमुखमा नेकपा -एमाले_का निमफुन्जो शेर्पा चार हजार ९२९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बालकृष्ण बस्नेतले चार हजार ७११ मत प्राप्त गर्नुभयो । नगर उपप्रमुखमा एमालेकै सुशीला पाख्रिन पाँच हजार १५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका लिला नेपालले चार हजार ८१३ मत प्राप्त गर्नुभयो । सो नगरपालिकाको वडा नं १, २, ३, ४ र ९ मा नेपाली काँग्रेस तथा वडा नं ५, ६, ७ र ८ मा नेकपा -एमाले  विजयी भएको छ । वडा नं १ को वडाध्यक्षमा कामी शेर्पा -काँग्रेस, २ मा बमबहादुर तामाङ -काँग्रेस, ३ मा एकबहादुर भण्डारी -काँग्रेस, ४ मा ज्ञानेन्द्र श्रेष्ठ -काँग्रेस_, ५ मा बेलबहादुर रोक्का -एमाले, ६ मा मोहनलाल श्रेष्ठ -एमाले, ७ मा मिनबहादुर श्रेष्ठ -एमाले, ८ मा सुरज लामा -एमाले र वडा नं ९ को वडाध्यक्षमा सानु लामा -काँग्रेस विजयी हुनुभएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप