शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सिन्धुपाल्चोकको छवटा गाउँपालिकाको मतगणना सम्पन्न, कहाँ काे ?

बिहीबार, ०४ जेठ २०७४, १७ : ३९
बिहीबार, ०४ जेठ २०७४
मेलम्ची, ४ जेठ - सिन्धुपाल्चोकको नौवटा गाउँपालिकामध्ये छवटाको मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार लिसङ्खुपाखर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का कमलप्रसाद नेपालले दुई हजार ७६१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का राजु लामाले दुई हजार ७३१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकै हिमगङ्गा मोक्तानले दुई हजार ८५२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका खुलम लामाले दुई हजार ४१६ मत प्राप्त गर्नुभयो । यसैगरी पाँचपोखरी थाङ्पाल गाउँपालिकाको अध्यक्षमा एमालेका टाँसी लामाले तीन हजार ८८५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उदय सापकोटाले तीन हजार ३९ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकै सुनिता अधिकारीले तीन हजार ९३१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सविक्षा गुरुङले दुई हजार ६१८ मत प्राप्त गर्नुभयो । यस्तै जुगल गाउँपालिकाको अध्यक्षमा एमालेका होमनारायण श्रेष्ठले दुई हजार ७१८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जयबहादुर लामाले दुई हजार ४९७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकै सिर्जना तामाङले दुई हजार ७८६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्बिका नेपालले दुई हजार ३८८ मत प्राप्त गर्नुभयो । यसैगरी बलेफी गाउँपालिकाको अध्यक्षमा एमालेका केदारबहादुर खत्रीले तीन हजार २३१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गङ्गाबहादुर तामाङले तीन हजार ५७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकै कमला श्रेष्ठ कायस्थले तीन हजार ३६७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दुर्गा नेपालले दुई हजार ९३८ मत प्राप्त गर्नुभयो । यस्तै भोटेकोशी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजकुमार पौडेलले दुई हजार ५७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका साङ्बु शेर्पाले दुई हजार ४२५ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा माओवादी केन्द्रकै डाबुटी शेर्पा लामाले दुई हजार ५१० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गेल्मु बुढाथोकीले दुई हजार १४६ मत प्राप्त गर्नुभयो । यसैगरी हेलम्बु गाउँपालिकाको अध्यक्षमा काँग्रेसका नीमा ग्याल्जेन शेर्पा चार हजार ९४५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका हस्तबहादुर पण्डितले तीन हजार २१३ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा काँग्रेसकै कोपिला पण्डितले चार हजार ५०२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नीमा जाङ्मु लामाले तीन हजार ८६ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजेश काफ्लेले जानकारी दिनुभयो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप