दक्षिणकालीमा काँग्रेस विजयी
बिहीबार, ०४ जेठ २०७४, १७ : ४१
काठमाडौँ, ४ जेठ - दक्षिणकाली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका मोहन बस्नेतले चार हजार ६९८ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का शशी शर्माले चार हजार २६८ मत पाउनुभयो । उपप्रमुखमा पनि काँग्रेसकै वसन्ती तामाङ चार हजार ७४९ मत प्राप्त गरी निर्वाचित हुनुभएको नगर निर्वाचन अधिकृत प्रतिमा पोखरेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी एमालेकी मीरा महर्जनले चार हजार ३३० मत ल्याउनुभयो ।
नौवटा वडा रहेको नगरपालिकाको १ नं मा एमाले, २ मा काँग्रेस, ३ मा वडाध्यक्ष एमाले अरू सदस्य काँग्रेस, ४ मा काँग्रेस, ५ मा वडाध्यक्ष काँग्रेस अरू सदस्य एमाले, ६ र ७ मा सबै एमाले, ८ मा एक सदस्य बराबर हुँदा गोलाबाट काँग्रेस र अरू सबै एमाले, ९ मा सबै काँग्रेसका उम्मेदवार निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
-
भोक हडताल गरेका वाङचुकले औषधि लिन गरे इन्कार
-
कविता: भावना र आक्रोश होइन, यथार्थ बुझ त साथी
-
वर्षा लागेपछि कुहिन्छ तरकारी, शीतभण्डार नहुँदा किसान मारमा
-
राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण