शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पत्रकार वडाध्यक्षमा विजयी

बिहीबार, ०४ जेठ २०७४, १७ : ४२
बिहीबार, ०४ जेठ २०७४
बागलुङ, ४ जेठ - नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवम् धौलागिरि संयोजक ज्ञानेन्द्र गौतम बागलुङ नगरपालिका–११ को वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका गौतमले ६०४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दलबहादुर थापाले ४०१ मत प्राप्त गर्नुभयो । गौतमको दुई दशकदेखिको पत्रकारिता यात्रा स्थानीय तहको निर्वाचसँगै राजनीतितिर मोडिएको छ । गौतम सदरमुकामस्थित सामुदायिक रेडियो बागलुङको स्टेसन म्यानेजर र ई–बागलुङ अनलाइन पत्रिकाको सम्पादकसमेत हुनुहुन्छ । उहाँले यसअघि अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकलगायतका सञ्चारमाध्यममा काम गरिसक्नुभएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप