शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पनौती–७ मा काँग्रेस, मण्डन देउपुर–७ मा एमाले विजयी

बिहीबार, ०४ जेठ २०७४, १७ : ४३
बिहीबार, ०४ जेठ २०७४
काभ्रे, ४ जेठ - बनेपा नगरपालिका–८ को वडाध्यक्षमा नेपाली काँग्रेसका दानबहादुर मानन्धर ९७४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नवराज मानन्धरले ९०१ मत प्राप्त गर्नुभयो । यस्तै बनेपा नगरपालिका– १० को वडाध्यक्षमा एमालेका चन्द्रबहादुर खड्का ८५६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका वासुदेव खत्रीले ६९९ मत प्राप्त गर्नुभयो । यसैगरी बनेपा नगरपालिका– ११ को वडाध्यक्षमा एमालेका शिवकुमार थापाले ४३८ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका बद्रीप्रसाद शर्माले ३८५ मत प्राप्त गर्नुभयो । यस्तै मण्डन देउपुर नगरपालिका–७ मा वडाध्यक्षसहित पुरै समूहमा एमाले विजयी भएको छ । वडाध्यक्षमा नारायणप्रसाद लम्साल ८३५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गङ्गालाल श्रेष्ठले ४७५ मत प्राप्त गर्नुभयो । त्यसैगरी पनौती नगरपालिका– ७ मा वडाध्यक्षसहित पुरै सूमहमा काँग्रेस विजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका रामचन्द्र नानसनीले एक हजार २५२ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीनारायण ताम्राकारले एक हजार १२२ मत प्राप्त गर्नुभयो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप