शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी विजयी

बिहीबार, ०४ जेठ २०७४, १७ : ४४
बिहीबार, ०४ जेठ २०७४
चौतारा, ४ जेठ - सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी) केन्द्र)का अमानसिंह तामाङ सात हजार ७२९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सोम सापकोटाले पाँच हजार ८०६ मत प्राप्त गर्नुभएको छ । निर्वाचन कार्यालयकाअनुसार उपप्रमुखमा माओवादीका जानुका पराजुलीले सात हजार ७२२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका सीता थापाले छ हजार २६८ मत प्राप्त गर्नुभएको छ । सो नगरपालिकामा वडा नं १, ३, ६, १०, १२ र १४को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन भने वडा नं ४, ५, ७, ९, ११ र १३ मा माओवादीका उम्मेदवार विजयी भएका छन् । वडा नं २ मा राप्रपा र वडा नं ८ मा नेपाली काँग्रेसले जित हासिल गरेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप