भीमफेदी गाउँपालिकामा एमाले विजयी
बिहीबार, ०४ जेठ २०७४, १७ : ४९
हेटौँडा, जेठ ४ - मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का हिदम लामा तीन हजार ८४२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रञ्जितकुमार रानाले तीन हजार ६९८ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकै पार्वती राना तीन हजार ८०२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निटकतम प्रतिद्वन्द्वी काँग्रेसका मोमलाल दोङले तीन हजार ५३५ मत प्राप्त गर्नुभएको छ ।
हेटौँडा उपमहानगरपालिकाको मतगणना कार्य जारी छ । नगर प्रमुखमा नेपाली काँग्रेसका आनन्दराम पराजुलीले चार हजार ६९३ र नेकपा (एमाले)का हरिबल महतले चार हजार २०९ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपप्रमुखमा एमालेका मीना लामाले चार हजार ४०६ मत तथा माओवादी केन्द्रका बलराम बलले तीन हजार २१६ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण