शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यसरी बच्यो टुक्रिएको नवलरासीमा एमालेको इज्जत, माओवादीको नतिजा सून्य

बिहीबार, ०४ जेठ २०७४, १७ : ५३
बिहीबार, ०४ जेठ २०७४
नवलपरासी, जेठ ४– नेकपा एमाले वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नवलपरासी जिल्लामा एक स्थानीय तहमा एउटा टाउको मात्रै जितेर इज्जत जोगाएको छ । ८ वटा स्थानीय तह रहेको टुक्रिएको नवलपरासीमा एक स्थानीय तहमा प्रमुख मात्रै जितेको छ । तर एमालेले नेपाली कांग्रेसको गढ मानिने कांग्रेस महामन्त्री सशांक कोइरालाको क्षेत्रमा मेयर पद जितेर कांग्रेसको गढ भत्काएको छ । कांग्रेसको सदवहार गढ गैंडाकोट नगरपालिकामा एमालेका छत्रराज पौडेलले मेयर पद जितेका छन् भने उपमेयरमा नेपाली कांग्रेसले नै जितेको छ । एमालेले जित्ने आशा गरेका सबै स्थानीय तहमा जितेको कांग्रेसले आफ्नो आधार इलाकामा पराजय ब्यहोर्न पुगेको छ ।  एमालेका पौडेलले ११३०२ मत ल्याएर गैंडाकोट नगरपालिकामा जित हासिल गरे भने कांग्रेसका गजेन्द्र आलेमगरले ११०७८ मत ल्याए । उपमेयरमा काँग्रेसकी विष्णुकुमारी कण्डेलले ११५५५ मत ल्याएर विजयी भइन् । एमालेकी राधा पौडेलले १०४५६ मत प्राप्त गरेकी छन् । गैंडाकोटमा स्थापित पौडेल एक्लैले कांग्रेसको गढ भत्काउन भने सकेका होइनन् । एमालेले राप्रपा र राष्ट्रिय जनमोर्चासँग तालमेल गरेर कांग्रेसको गढ मात्र भत्काएन, जिल्लामै आफ्नो शाख पनि जोगाएको छ । नवलपुरको देवचुली र मध्यविन्दु नगरपालिकासहित बुङदीकाली, बुलिङटार, हुस्सेकोट र विनयी–त्रिवेणी गाउँपालिकामा कांग्रेसले कब्जा जमाएको छ । अन्तिम नतिजा आउन बाँकी रहेको नवलपुरको मुकाम रहेको कावासोती नगरपालिकामा पनि काँग्रेसको अग्रता रहेको छ । नेकपा माओवादी केन्द्रले भने सून्य नतिजा ल्याएको छ । स्थानीय तह पुनःर्संरचनाका क्रममा टुक्राइएको नवलपरासीको पूर्वी भेग नवलपुरमा वैशाख ३१ मा निर्वाचन भएको हो । ५ नम्बर प्रदेशमा रहेको जिल्लाको पश्चिमी भेगमा भने दोस्रो चरणमा निर्वाचन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप