पाँचखाल– ८, ९ र १० मा काँग्रेस विजयी
बिहीबार, ०४ जेठ २०७४, १७ : ५०
काभ्रे, ४ जेठ - पाँचखाल नगरपालिका– ८ को वडाध्यक्षमा नेपाली काँग्रेसका सञ्जय तामाङले एक हजार २० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का कर्मसिंह तामाङले १६२ मत प्राप्त गर्नुभयो ।
यसैगरी पाँचखाल नगरपालिका– ९ को वडाध्यक्षमा काँग्रेसका किरण श्रेष्ठले ७६२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवराज भेटुवालले ६४५ मत प्राप्त गर्नुभयो ।
यसैगरी नगरपालिका– १० को वडाध्यक्षमा काँग्रेसका केशव बञ्जारा ६०६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका वेदप्रसाद बञ्जाराले ५८८ मत प्राप्त गर्नुभयो ।
मण्डन देउपुर नगरपालिका– ८ को वडाध्यक्षमा एमालेका झलकप्रसाद पौडेलले ३९७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विनोदप्रसाद पौडेलले ३९३ मत प्राप्त गर्नुभयो ।
धुलिखेल नगरपालिका– १ को वडाध्यक्षमा एमालेका रमेशप्रसाद घोरासैनीले ३८७ मत ल्याई विजयी हुनभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका भीमबहादुर तामाङले ६६ मत प्राप्त गर्नुभयो ।
नमोबुद्ध नगरपालिका– १ को वडाध्यक्षमा काँग्रेसका कर्म ग्याल्वो लामाले ५०८ मत ल्याई विजयी हुनभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सूर्यदर्शनप्रसाद प्याकुरेलले ४४९ मत प्राप्त गर्नुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
-
भोक हडताल गरेका वाङचुकले औषधि लिन गरे इन्कार
-
कविता: भावना र आक्रोश होइन, यथार्थ बुझ त साथी
-
वर्षा लागेपछि कुहिन्छ तरकारी, शीतभण्डार नहुँदा किसान मारमा
-
राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण