शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अपडेटः काठमाडौं महानगर २ मा एमाले विजयी, मेयरमा पनि एमाले अगाडि

बिहीबार, ०४ जेठ २०७४, १८ : २९
बिहीबार, ०४ जेठ २०७४
काठमाडौं, जेठ ४– काठमाडौं महानगरपालिका वडा नम्बर २ मा एमाले विजयी भएको छ । एमालेका राजेन्द्रकुमार श्रेष्ठ वडाध्यक्षमा निर्वाचित भएका हुन् । औपचारिक घोषणा भने गरिएको छैन । काठमाडौं महानगरको मेयर पनि एमालेले नै अग्रता कायम राखेको छ । पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ६२३८ मत प्राप्त गरेका छन् भने उपमेयरमा एमाले गठबन्धनका राप्रपा उम्मेदवारले ३४६९ मत प्राप्त गरेका छन् । यस्तै, मेयरमा कांग्रेसका उम्मेदवार राजुराज जोशीले ४००४ मत प्राप्त गरेका छन् भने उपमेयरका उम्मेदवारले ५४०२ मत पाएका छन् । मेयरमा विवेकशील पार्टीकी रन्जु दर्शनाले अहिलेसम्मको गणनामा २४९८ मत पाएकी छन् भने साझा पार्टीका किशोर थापाले १८४९ मत प्राप्त गरेका छन् । साझा पार्टीका उपमेयरको भने ११५१ मत आएको छ । नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार सर्वोत्तममान डंगोलले झण्डै १८ हजार मतगणना हुँदा ६२७ मत पाएका छन् उपमेयरका उम्मेदवारले जम्मा ९२४ मत प्राप्त गरेका छन् । काठमाडौं महानगरको १, २, ३, ४ नम्बर वडाका साथै २५ देखि ३२ नम्बर वडाको गणना भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप