चन्द्रागिरि–९ मा एमाले विजयी
बिहीबार, ०४ जेठ २०७४, १८ : ४६
काठमाडौँ, जेठ ४ – चन्द्रागिरि नगरपालिका वडा नं ९ मा नेकपा (एमाले) को समूह नै विजयी भएको छ ।
वडाध्यक्षमा देवेन्द्र महर्जनले ८०७ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अच्यूत अधिकारीले ५८४ मत प्राप्त गर्नुभएको छ । सदस्यमा चन्दिका श्रेष्ठ, बच्छी सर्केनी, रामकृष्ण श्रेष्ठ र सुरेन्द्र केसी विजयी हुनुभएको छ ।
प्रमुखको मतगणनामा हालसम्म काँग्रेसका घनश्याम गिरीले सात हजार २४९ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ भने एमालेका प्रह्लाद कार्कीले चार हजार ९५० मत प्राप्त गर्नुभएको छ । हालसम्म उपप्रमुखमा काँग्रेसका इन्द्रावती श्रेष्ठले पाँच हजार ८९६ र एमालेका लीसा नकर्मीले पाँच हजार ५६६ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयका कम्प्युटर अधिकृत दिवस भट्टराईले जानकारी दिनुभयो ।
कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो । नगरपालिकामा १५ वडा रहेकामा अहिले ८ र १० वडाको मतगणना जारी छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
-
व्यापार पृथ्वीको : मानवीय संवेदना र अस्तित्वको काव्यात्मक खोजी
-
प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण