धुलिखेल भुम्लु गाउँपालिकामा एमाले विजयी
बिहीबार, ०४ जेठ २०७४, २० : १५
धुलिखेल, जेठ ४ – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।
सो गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले विजयी हासिल गरेको हो । कोसीपारिस्थित सो गाउँपालिकामा एमालेबाट अध्यक्षमा गुमानध्वज कुँवरले तीन हजार पाँच सय ४८ मत ल्याएर विजयी हुनुभयो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तस्बिर लामाले दुई हजार नौ सय ४९ मत प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा एमालेकै कल्पना श्रेष्ठले तीन हजार पाँच सय ३६ मत ल्याएर विजयी हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी शान्ता क्षेत्री थापाले दुई हजार आठ सय ३० मत प्राप्त गर्नुभयो ।
यस्तै भूम्लु – १ बाट नेकपा (माओवादी केन्द्र) का खिरबहादुर श्रेष्ठ, वडा नं २ बाट एमालेका कृष्णकुमार, वडा नं ३ बाट स्वतन्त्र ज्ञानबहादुर तामाङ, वडा नं ४ बाट एमालेका लोकबहादुर कुँवर, वडा नं ५ बाट काँग्रेसका अञ्चलकुमार लामा, वडा नं ६ बाट एमालेका भरतबहादुर शिवभक्ति, वडा नं ७ बाट एमालेका रमेशराज खरेल, वडा नं ८ बाट एमालेकै मोतीलाल तामाङ, वडा नं ९ बाट काँग्रेसका दलबहादुर तामाङ र वडा नं १० बाट काँग्रेसकै चित्रबहादुर लामा विजयी हुनुभएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
-
भोक हडताल गरेका वाङचुकले औषधि लिन गरे इन्कार
-
कविता: भावना र आक्रोश होइन, यथार्थ बुझ त साथी
-
वर्षा लागेपछि कुहिन्छ तरकारी, शीतभण्डार नहुँदा किसान मारमा
-
राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण