शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

व्यासमा काँग्रेस विजयी

बिहीबार, ०४ जेठ २०७४, २० : ३०
बिहीबार, ०४ जेठ २०७४
दमौली, जेठ ४ – तनहुँको जेठो नगरपालिका व्यास नगरपालिकामा प्रमुख, उपप्रमुखसहित १३ वटा वडामा काँग्रेसको पूरै समूह विजयी भएको छ । नगरपालिका प्रमुखमा १३ हजार ५६ मत प्राप्त गरी बैकुण्ठ न्यौपाने विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का शङ्करनारायण श्रेष्ठले नौ हजार ५९२ मत पाउनुभएको छ । उपप्रमुखमा काँग्रेसकै मीरा जोशी १३ हजार २६० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा९माओवादी केन्द्र्र०का अतिन्द्रकेशरी न्यौपानेले तीन हजार ४७७ मत पाउनुभएको थियो । व्यास वडा नंं: ४ बाहेक तेह्र वटा वडामा काँग्रेसको पूरै समूह विजयी भएको मुख्य निर्वाचन अधिकृत अमरराज पौडेलले बताउनुभयो । वडा नं ४ मा भने एमालेले अध्यक्षसहित चार सदस्यमा विजय हासिल गरेको छ । यसैगरी म्याग्दे गाउँपालिका अध्यक्षमा काँग्रेसकी माया राना चार हजार ५४२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका श्रीप्रसाद श्रेष्ठले तीना हजार ४६१ मत पाउनुभएको छ । उपाध्यक्षमा कांँग्रेसकै बालकृष्ण घिमिरे चार हजार ५९२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी रत्ना घिमिरेले तीन हजार १५४ मत पाउनुभएको छ । सोही गाउँपालिकाका वडा नं १, ३, ४ र ५ मा कांँग्रेसबाट वडाध्यक्षसहित पूरै समूह र वडा नं २, ६ र ७ मा वडाध्यक्षसहित एमालेको पूरै समूह विजयी भएको निर्वाचन अधिकृत नवराज आचार्यले बताउनुभयो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप