बूढानीलकण्ठ ११, १२ र १३ मा एमाले विजयी
बिहीबार, ०४ जेठ २०७४, २० : ४९
काठमाडौँ, जेठ ४ – बूढानीलकण्ठ नगरपालिका वडा नं ११, १२ र १३ मा नेकपा (एमाले) को प्यानल विजयी भएको छ ।
वडा नं ११ का अध्यक्षमा राजु अधिकारीले एक हजार दुई सय ७५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटत्म प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अच्चूतप्रसाद पौडेलले एक हजार ५५ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी सदस्यहरुमा भगवती निरौला, रत्ना नगर्जी, विनोदकुमार तामाङ र विमल लामा विजयी भएका छन् ।
वडा नं १२ मा शम्भुप्रसाद भट्टराईले एक हजार ३८४ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी हुनुभएको छ । उहाँका निकटत्म प्रतिद्वन्द्वी नेपाली काँग्रेसका होमनाथ तिमल्सिनाले एक हजार २७ मत प्राप्त गर्नुभएको थियो । ती वडाका सदस्यहरु शान्ता ढकाल पुडासैनी, मीना बयलकोटी, पुरुषोत्तम नेपाल, दिल्लीप्रसाद खतिवडा विजयी भएका छन् ।
वडा नं १३ को अध्यक्षमा श्रीकृष्ण श्रेष्ठले एक हजार ९५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटत्म प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्र श्रेष्ठले सात सय ५५ मत प्राप्त गर्नुभएको थियो । वडा सदस्यहरुमा रिना श्रेष्ठ, राममाया विक, श्याम श्रेष्ठ र मङ्गल नगरकोटी विजयी हुनुभएको छ ।
पछिल्लो मतगणना अनुसार, बूढानीलकण्ठ नगरपालिकाका प्रमुखमा एमालेकै उद्धवप्रसाद खरेलले चार हजार एक सय ४३ मत ल्याई अग्रस्थानमा हुनुहुन्छ भने उहाँका निकटत्म प्रतिद्वन्द्वी काँग्रेसका राजु श्रेष्ठले दुई हजार ९७० मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र) का रवीन अधिकारीले एक हजार तीन सय ४ र राप्रपाका सानुकान्छा श्रेष्ठले नौ सय ५५ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत सुरेश नेपालले जानकारी दिनुभयो ।
उपप्रमुखमा अहिलेसम्म एमालेकी रमादेवी राईले चार हजार ४५९, काँग्रेसकी सुभद्रा खड्काले तीन हजार ६४, माओवादीकी हेमा अधिकारीले एक हजार २४० मत प्राप्त गरेका छन् ।
निर्वाचन कार्यालयका प्राविधिक राजकुमार भण्डारीका अनुसार कुल ४० हजार २१० मतदाता रहेको सो नगरपालिकामा ३० हजार ५६९ मत खोसेको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण