शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कमलामाईमा एमाले विजयी

बिहीबार, ०४ जेठ २०७४, २१ : ५८
बिहीबार, ०४ जेठ २०७४
सिन्धुली, जेठ ४ – कमलामाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा क्रमशः नेकपा (एमाले) का खड्गबहादुर खत्री तथा मञ्जु देवकोटाले विजयी भएका छन् । एघार हजार एक सय ५२ मत ल्याई खत्री प्रमुखमा र नौ हजार नौ सय २१ मत ल्याई देवकोटा उपप्रमुख पदमा विजयी भएका हुन् । खत्रीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उपेन्द्र पोख्रेलले आठ हजार तीन सय ८८ र देवकोटाको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै सुशीला थिङले नौ हजार पाँच सय २३ मत प्राप्त गर्नु भएको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप