ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, एकको अवस्था गम्भिर
आइतबार, ०७ जेठ २०७४, १० : ००
लहान - सिरहाको भगवानपुर गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
राति १० बजेतिर स१त २९७३ नंको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्र्याक्टरमा सवार भगवानपुर गाउँपालिका–५ निवासी १७ वर्षीय अमर मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा ट्र्याक्टरमा सवार भगवानपुर गाउँपालिका–५ कै १६ वर्षीय शिवनारायण मण्डल गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका शिवनारायण र अमरलाई उपचारका लागि लहानतर्फ लैजाने क्रममा बाटोमै अमरको मृत्यु भएको इप्रका, लहानले जनाएको छ । घाइते शिवनारायणको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
-
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
-
लालीबजारमा कला, जात र शरीरको राजनीति
-
सीआईबीले मनायो १६ औँ स्थापना दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण