शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

क्षत्रीको नमस्ते काठमाडौंः यौन बिद्रोहका कथा

आइतबार, ०७ जेठ २०७४, ११ : ३५
आइतबार, ०७ जेठ २०७४

काठमाडौं, जेठ ७ – पत्रकार डब्बु क्षत्रीको पहिलो कथा सँग्रह नमस्ते काठमान्डू सार्वजनिक भएको छ । कालिकास्थन स्थित सर्वनाम नाटकघरमा शनिबार कलाकारहरुले कथामाथि बनेको गीतमा अभिनय गर्दै पुस्तक सार्वजनिक गरे । सँग्रहका कथाको भाव समेटेर बनाईएको गीत नमस्ते काठमान्डू...पनि सोही कार्यक्रममा सार्वजनिक गरियो । जुगल डँगोलको सँगीत र सन्देश पाठकको स्वरमा रहेको यो गीतमा कथाका सबै शिर्षक र भाव समेटिएको थियो । राज शाहको निर्देशनमा सर्वनामका कलाकारहरुले सबै कथाको भाव झल्कने गरी अभिनय प्रस्तुत गरेका थिए । सँग्रहमा १८ ओटा कथा रहेको र यसको मूल्य ३ सय ५० रुपैयाँ राखेको पनि उनले जानकारी गराए ।

– कार्यक्रममा अभिनेत्री ऋचा शर्माले सँग्रहका कथामा उल्लेखित घटना र पात्रहरु आफुले आफ्नै समाजमा देख्दै आएको बताईन् । –पत्रकार तथा समिक्षक यज्ञशले क्षत्रीले समाजका विभिन्न बर्ग, धर्म, भाषा, लिँगलाई टिपेर कथामा उनेको बताए । –लेखक डब्बु क्षत्रीले आफुले समाजमा देखेका घटनाहरुलाई कथामा ढालेर यो सँग्रहमा ल्याएको बताए । नमस्ते काठमाडौंका कथाहरुलाई यौन अस्लिलता नभएर यौन बिद्रोहको रुपमा रहेको क्षत्रीले व्याख्या गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप