अख्तियारको प्रमुख आयुक्तमा बस्न्यात र महालेखा परीक्षकमा शर्माको नाम अनुमोदन
काठमाडौं, जेठ ७–संसदीय सुनुवाई विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस दीप बस्न्यात र महालेखा परीक्षकमा सिफारिस टंकमणि शर्माको नाम अनुमोदन गरेको छ । समितिको आईतबार बसेको बैठकले अख्तियार प्रमुखका लागि प्रस्तावित बस्न्यात र महालेखा परीक्षकका लागि प्रस्तावित शर्मा योग्य रहेको ठहर गर्दैै दुवै जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । योग्यता, क्षमता र अनुभव सबैमा योग्य देखिएकाले अख्तियार प्रमुखमा प्रस्तावित बस्न्यात र महालेखा परीक्षकमा प्रस्तावित शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति कुलबहादुर गुरुङले जानकारी दिए । संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा बस्न्यात र महालेखा परीक्षकमा शर्मालाई सिफारिस गरेको थियो ।
समितिको बैठकमा उपस्थित भएका अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा प्रस्तावित बस्न्यात र महालेखा परीक्षकमा प्रस्तावित शर्माले आ– आफनो योग्यता र कार्य क्षमताका विषयमा जानकारी गराएका थिए । अख्तियारको प्रमुख आयुक्तमा प्रस्तावित बस्न्यातले अनुसन्धानको क्षेत्रलाई बलियो बनाउन आफूले राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभवको आधारमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यसै गरी महालेखा परीक्षकमा प्रस्तावित शर्माले आफूले मुलुकको लेखा प्रणालीको क्षेत्रमा २७ वर्ष विताएको उल्लेख गर्दै त्यसै अनुभवलाई आधार बनाएर कार्यसम्पादन गर्ने बताए ।
बैठकमा समितिका सदस्यहरुले अख्तियार दुरुपयोग हुन नदिन र लेखा प्रणालीलाई व्यवस्थित बनाउने योजनाका बारेका बस्न्यात र शर्मासँग विभिन्न जिज्ञासा राखेका थिए । उनीहरुले विगतमा कर असुलीमा देखिएको समस्या समाधान गर्न विशेष ध्यान दिन पनि सुझाव दिएका थिए ।
संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेका अख्तियार प्रमुखका प्रस्तावित बस्न्यात र महालेखा परीक्षकमा प्रस्तावित शर्मालाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
-
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण