शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

जेठ १६ गतेबाट जथाभावी बाटो काट्नेलाई प्रहरीले तीन घण्टा थुन्ने !

आइतबार, ०७ जेठ २०७४, १३ : २९
आइतबार, ०७ जेठ २०७४

ललितपुर, जेठ ७ – याद गर्नुस् । कतै तपाई सडकमा जथाभावी बाटो काट्दै त हुनुहुन्न ? यदि त्यसो हो भने तपाईलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टासम्म थुन्न सक्छ । ट्राफिक प्रहरीले आगामी जेठ १६ गतेबाट उपत्यकामा जेव्राक्रस र आकाशे पुल भएका स्थानमा ति स्थानको प्रयोग नगरी जथाभावी बाटो काट्नेलाई नियन्त्रणमा लिएर कडा कारवाहीको भागिदार बनाउने नीति लिएको हो ।

‘हामी पहिला जनचेतना फैलाउछौ, त्यसमा कसैले वेवास्ता गरे कारवाही गर्न बाध्य हुनेछौ’ ट्राफिक प्रहरी माहाशाखाका प्रमुख डिआइजी मिङमार लामाले भने । उनकाका अनुसार उपत्यकामा ४० प्रतिशत दुर्घटना जथाभावी बाटो काट्दा भएको पाएकाले यो अभियान चलाउन थालिएको हो । उनका अनुसार जेठ १५ गतेसम्म तीनवटै जिल्लामा प्रचार प्रचार गरिनेछ र १६ गतेबाट हतार वा अन्य कुनै पनि बहानामा जथाभावी सडक काट्ने व्यक्ति कारवाहीको भागिदार बन्नुपर्नेछ । त्यसका लागि ट्राफिक प्रहरीले अहिले उपत्यकाका तीनवटै जिल्लामा जनचेतनामुलक कार्यक्रम गरिरहेको छ । ललितपुर ट्राफिक कार्यलयका प्रमुख सिताराम हाछेथुका अनुसार ललितपुरमा मात्रै दुई लाख प्रचा, पम्प्लेट छापेर वितरण गरिएको छ भने दैनिक एकसय २० जनालाई जनचेतनाका लागि सडक चोक तथा सार्वजनिक स्थानमा जेव्रा क्रस र आकाशे पुलबाटमात्र बाटो काट्नुपर्छ भन्ने सर्वसाधारणलाई जानकारी दिन खटाएको छ । हाछेथुका अनुसार जेव्रा क्रस र आकाशे पुलको प्रयोग नगरी अन्यत्रबाट बाटो काट्नेलाई तत्कालै नियन्त्रणमा लिने र तीन घण्टासम्म बन्द कोठामा प्रशिक्षण दिएरमात्रै छाड्न महाशाखाको निर्देशन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप