मध्यपुर थिमि– ६ मा काँग्रेस समूह विजयी
नगरकोट, ७ जेठ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका– ६ मा नेपाली काँग्रेसको टोली विजयी भएको छ ।
काँग्रेसका इन्द्रबहादुर प्रजापतिले एक हजार २१० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)का कृष्णमान प्रजापतिले ५५६ मत पाउनुभएको छ । वडा सदस्यमा महिला सदस्य अरुणा कारञ्जित र दलित महिला सदस्य सीता विश्वकर्मा तथा खुला सदस्यद्वयमा काँग्रेसका हरिदास प्रजापति र भजराम खड्का विजयी हुनुभएको छ ।
थिमिमा मतगणना जारी प्रमुखका उम्मेदवार एमालेका मदनसुन्दर श्रेष्ठ नौ हजार ७९९ मतका साथ अग्रस्थानमा रहनुभएको छ । काँग्रेसका अष्टकुमार कवें सात हजार ९६४ मतका साथ दोस्रो स्थानमा रहनुभएको छ ।
त्यस्तै उपप्रमुखमा भने काँग्रेसकी अञ्जना मधिकर्मी आठ हजार ५० मत पाएर अग्रस्थानमा रहनुभएको छ । नेमकिपाका केदार खड्का भने पाँच हजार ३०२ मतका साथ दोस्रो स्थानमा रहनुभएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
-
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण