शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दूध बिक्रीबाट मासिक एकलाख आम्दानी

आइतबार, ०७ जेठ २०७४, १३ : ४८
आइतबार, ०७ जेठ २०७४

वालिङ, ७ जेठ । स्याङ्जाको वालिङ– ११ छतिवनका खोमराज पौडेलले दूध बेचेर मासिक रु एकलाख भन्दा बढी आम्दानी गरेका छन् ।

चारवर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका पौडेलले आफ्नै ठाउँमा केही गर्ने दृढ सङ्कल्पकासाथ ‘पौडेल पशुपालन फर्म’ दर्ता गरी भैंँसीपालन व्यवसाय थालनी गरेका हुन् ।

झन्डै तीन वर्षअघि तीनवटा भैँसीबाट व्यवसाय सुरु गरेका पौडेलको फर्ममा हाल १७ वटा उन्नत् जातका भैँंसी छन् ।

“हाल पाँचवटा भैँंसीबाट दैनिक ४० लिटर दूध उत्पादन हुन्छ” युवा व्यवसायी पौडेलले भने, “दूधको माग अत्याधिक छ तर नजिक डेरी छैन बजारसम्म पु¥याउन दैनिक मोटरसाइकल प्रयोग गर्ने गरेको छु ।”

पौडेलले २० रोपनी जमिन भाडामा लिएर अहिले भैँंसीपालनसँगै भैँंसीका लागि आवश्यकपर्ने घाँस, मौसमी तथा बेमौसमी तरकारी र सुन्तलाखेती गर्दै आएका छन्।

“सुरुमा विदेशी भूमिमा पसिना बगाउन पुगेँ, त्यहाँ त्यति सन्तुष्ट हुनसकिन र स्वेदश फर्किए” उनले भने, “स्वदेश आएर कुखुरापालन र घ्यूकुमारीखेती गरे त्यो पनि सफल भएन र अहिले भैंँसीपालन व्यवसाय सञ्चालन गरेँ यसमा आम्दानी पनि भएको छ म पनि सन्तुष्ट छु ।” पौडेलले फर्ममा रहेको माउ भैँंसीको बिमासमेत गरेका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप