शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मिलोमतोमा लाखौं मूल्यको सार्वजनिक जग्गा भूमाफियाको कव्जामा

आइतबार, ०७ जेठ २०७४, १४ : ०७
आइतबार, ०७ जेठ २०७४
संजय मिश्रा रौतहट जेठ ७ – कर्मचारी र भुमाफियाको मिलेमतोमा रौतहटको सन्तपुरस्थित लाखौ मुल्यको सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गरेको भेटिएको छ । जिल्ला मालपोत र नापीशाखाका कर्मचारीको मिलोमतोमा जिल्लाको पश्चिमीभेग साबिक सन्तपुर दोस्तिया वडा नं .१ ग कि.न.१४को ११ बिगहा १२ कठा गौचर जग्गा भुुमाफियाले व्यक्तिको नाममा दार्ता गराएका हुन् । स्थानिय हिरालाल यादवका अनुुसार सदियौंदेखि गौचर रहेको पेटभरवाटोल भन्दा पश्चिमको उक्त जग्गा साबिक सन्तपुर दो. ३ हाल फतआ बिजयपुर गाउँपालिका २ का प्रहलाद नुुनिया,अनरुद महतो नुुनिया र मोहपतिया देवीका नाममा रजिष्ट्रेशन गरिएको हो । २०६७।१०।२२ गते बसेको जग्गा दर्ता समितिको बैठकले अप्रमाणित सो जग्गा प्रमाणित गरी भुुमाफियाका नाउमा पास गरेको देखिएको छ । तत्कालिन मालपोत कार्यालय रौतहटका प्रमुख राजराजेश्वर मिश्र, शाखा अधिकृत सोमेश प्रसाद वाग्ले,र नापीशाखा प्रमुख सुुनिल आनन्द सहितको समितिले आर्थिक प्रलोभनमा परी सार्वजनिक गौचर जग्गा माफियाको नाममा पास गरेको स्थानिय मनोज कुमार यादवले बताए । गौचरण र स्थानिय युुवाहरुहरुले खेलमैदानका रुपमा प्रयोग गर्दै आएको जग्गामा २०७२ साल ताका सो जग्गामा खनजोत गर्न ट्याक्टर लिएर गएपछि स्थानियहरुले चाल पाएका थिए । जानकारी पाए लगतै स्थानिय स्तरमै गौचर जग्गा संरक्षण समिति निर्माण गरी युवाहरुको सकृयतामा गौर जिल्ला अदालत र अख्तियारको कार्यालय हेटौंडामा भुुमाफिया र मिलोमतोमा रहेका कर्मचारीबिरुद्ध उजुुरी गरेका थिए । उजुुरी गरेको झण्डै दुुईबर्ष बित्न लाग्दासम्म अख्तियारले कुनै सुुनवाई नगरेको मनोज यादवले गुुनासो गरेका छन् । मालपोत कार्यालय गौरका प्रमुुख सिकेन्द्र साहले उक्त घटना बारे आफुुले केही नबोल्ने बताए । तत्कालिन जिल्ला मालपोत कार्यालय गौर एवं हाल सिरहा मालपोत प्रमुख राजराजेश्वर त्रिवेदीले नेपाल सरकारले तोकेको सम्पुुर्ण प्रकृया.पुुरागरी अप्रमाणित जग्गा प्रमाणित समितिको निर्णय अनुुसार सो जग्गा प्रमाणित गरी ब्यक्तिको नाउमा पारित गरेको बताए । सो बापत कुुनै प्रकारको रकमी चलखेल नभएको र आफुुलाई बदनाम गराउने नियतले गलत आरोप लगाईरहेको त्रिकवेदीले प्रतिकृया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप