कर्णलीका कृषकलाई चटारो : ‘जेठासे भित्रयाउँदै, असोजे लगाउँदै’
डोल्पा, जेठ ७ –कर्णालीबासीलाई यतिखेर भ्याई नभ्याई छ । खेतमा लहलह झुलेका गहुँ, जौँ, उवा लगायतका अन्नबालीहरु भित्रयाउने सिजन भएकाले पनि उनिहरुलाई भ्याई नभ्याई भएको हो । जेठमा पाक्ने गरि मंसिरमै लगाईएका यी अन्नबालीहरु भित्र्याउन कर्णालीबासीहरु व्यस्त देखिन्छन् यतिखेर । कर्णालीका जुम्ला,हुम्ला,डोल्पा,मुगुमा समेत जेठासे बालीनाली पाकेर पँहेलै छन् । ्जौ,गहँु,उवा लगाएतका अन्नबाली भित्रयाउनका लागि मान्छेहरु भरिएका छन् । ‘यतिखेर जेठासे बाली भित्रयाउने बेला भएकाले एकछिन फुर्सदछैन्’त्रिपुरा सुन्दरी नगरपालिका १ का स्थानीय चन्द्रा कठायतले बताईन् । ‘एकाविहानै घरबाट निस्कन्छौ,खाना खानेसम्म फुर्सद नहुने भएकाले दिउँसोको खाना पनि खेतमै खाईन्छ, दिनभर काम गरेर साझँपख मात्र घर फर्कन्छौ, यतिखेर सबै कर्णालीबासीको नियती एउटै हो’ कठायतले भनिन् । एकातिर जेठासे बाली भित्रयाउने कामको चापा–चाप अर्कोतिर यार्सागुम्बा टिप्न जाने तयारी दोहोरो चटारो परेको छ उनले थपिन् । जेठासे बाली टिपेर सकाएका कतिपय सर्वसाधारणहरुले असोजे बाली लगाउन थालिसकेका छन् कर्णालीमा । असोजमा पाक्ने गरि लगाईने धान,मकै,कोदो लगाएतका अन्नबालीहरु असोजे बाली भित्र पर्दछ । तुलनात्मक रुपमा जेठासे बाली भन्दा पनि असोजे बाली भित्रयाउन सजिलोहुने उनिहरु बताउँछन् । जेठासे बाली भित्रयाउने समयमा गर्मीहुनुका साथै काँडेदार जाँै,गँहु हुने भएकाले टिप्न तथा चुटकुट गर्न समस्याहुने उनिहरुको भनाई छ । यतिखेर प्रायः यार्सागुम्बा टिप्न पाटनतिर जाने भएकाले कामदार नपाईनेुहँदा गाँउ घरमा एक अर्काको समस्या टार्नको लागि अर्मोपर्मो गरेर काम चलाउने गरेको त्रिपुरा सुन्दरी नगरपालिका १ का स्थानीय कलावती देबकोटाले बताईन् । दुर्गम जिल्लाहरुमा असोजे बाली धान रोपाई झन्झटिलो हुने भएकाले समस्या हुने गरेको कृषकहरु बताउँछन् । सिँचाई सुविधा,उन्नत बिउ,आधुनिक औजार,मलको अभावमा खेतीपातीमा समस्याहुँदै आएको त्रिपुरा सुन्दरी नगरपालिका १ का कृषक भिम प्रसाद देबकोटाले बताए । खेत बाँझो राखे गाँउ समाजले कुरा काट्ने भन्दै समाजको प्रतिष्ठा जोगाउन मात्रै भएपनि खेतीपाती गरिने चलन रहेको देबकोटाले बताए । चारपाँच बर्ष यता डोल्पालीहरु यार्सागुम्बा टिपेर कमाई गर्ने र त्यही पैसाले सम्पुर्ण खाद्यबस्तुहरु बजारबाट किनेर ल्याएर खाने प्रबृतिले पनि कृषकहरुको खेतीपातीतर्फ आकर्षण घट्दै गएको उनको भनाई छ । डोल्पामा उर्वर भुमी नहँदा मानो रोपेर मुरी फल्ने ठाँउमा मुरी रोपे मानो फल्ने स्थिती आउने गरेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण