शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

जनकपुर पुगेर प्रचण्डले भने ‘दोस्रो चरणको चुनाव उल्लासमय हुन्छ’

आइतबार, ०७ जेठ २०७४, १४ : २४
आइतबार, ०७ जेठ २०७४

धनुषा, जेठ ७ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशी मोर्चाले दोस्रो चरणको निर्वाचनमा भाग लिने विश्वास व्यक्त गरेका छन् । उनले दोस्रो चरणको निर्वाचन ठूलो उत्सवका रुपमा सम्पन्न हुने दावी समेत गरे ।

आईतबार जनकपुरमा स्थानीय संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले पहिलो चरणको निर्वाचनभन्दा दोस्रो चरणको निर्वाचन बढि उल्लासमय वातावरणमा सम्पन्न हुने बताएका हुन् ।

उनले दोस्रो चरणको निर्वाचन समयमै सम्पन्न हुनेमा शंका नगर्न आग्रह गर्दै मधेशी मोर्चाको माग आंशिक भएपनि सम्बोधन हुने र उनीहरु निर्वाचनमा जाने बताए ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सरकार आवश्यक तयारीमा जुटेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप