शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बेपत्ता युवक मृत फेला

आइतबार, ०७ जेठ २०७४, १४ : ४०
आइतबार, ०७ जेठ २०७४

तनहुँ ७ जेठ । सेती नदी तरेर घर जान लागेका एक युवकलाई सेती नदीले बगाएर शनिबार बेपत्ता बनाएकामा आज अपराह्न मृत फेला परेका छन् ।

व्यासनगरपालिका– ५ बेतनी दुलेपहाड स्थानबाट नदी तर्ने क्रममा ऋषिङ् गाउँपालिका– १ निवासी २६ वर्षीय देउबहादुर थापाको मृत्यु भएको हो । दमौलीबाट घर जान हिँडेका चार जनामध्ये थापा अगाडि गएको र नदी तर्नै लाग्दा ढुङ्गाबाट चिप्लेर पुनः नदीमा खस्दा पानीको भेलमा परी बगाएको स्थानीयवासी वीरबहादुर थापाले जानकारी दिए ।

शव गाउँपालिका–१ झापुटारस्थित नदी किनारमा भेटिएको हो । थापालाई नदीले बगाएर बेपत्ता बनाएपछि स्थानीय र प्रहरीले खोजी गरेका थिए । शव हाल दमौली अस्पतालमा राखिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप