महानगर वडा नं– २९ र ३० को मतपरिणाम सार्वजनिक, एमालेको अग्रता कायमै
काठमाडौँ, ७ जेठ । काठमाडौँ महानगरपालिकाको– २९ र ३० वडामा नेपाली काँग्रेसको समूहले नै विजय हात पारेको छ ।
वडा नं. २९ को वडाअध्यक्षमा कुश ढकाल एक हजार ५४५ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका शिवराज राजबंशीले एक हजार ४९१ मत ल्याउनुभएको थियो । सो वडाको खुला सदस्यमा अर्जुनबहादुर श्रेष्ठ, इन्द्र कर्मचार्य , महिला सदस्यमा सुशीला ढकाल र दलित महिला सदस्यमा सङ्गीता पूजारी निर्वाचित हुनुभएको छ ।
यसैगरी वडा नंं ३० को वडाअध्यक्षमा काङ्ग्रेसकै दलबहादुर कार्कीले दुईहजार३३१ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सृुरेन्द्र श्रेष्ठले एक हजार ३५७ मत ल्याउनुभएको थियो । सो वडाका सदस्यमा नीरज सत्याल, मनोज डङ्गोल, महिला सदस्यमा सीता तिवारी र दलित महिला सदस्यमा शर्मिला श्रेष्ठ महतो निर्वाचित हुनुभएको छ ।
यस्तै महानगरको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले २४ हजार ५३ मत ल्याई अग्रता कायम राख्नुभएको छ ।
नेपाली काँग्रेसका राजुराज जोशीले १७ हजार ७७, विवेकशील नेपाली दलकी रन्जु न्यौपानेले नौ हजार ६९९, साझा पार्टीका किशोर थापाले सात हजार ३२८, नेकपा ९माओवादी केन्द्र०का सर्वोत्तम डङ्गोलले दुई हजार ७८० मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका हरिप्रभा खड्गीले २२ हजार १९८, राप्रपाका राजाराम श्रेष्ठले १३ हजार ७८१ र साझा पार्टीकी निरुपमा यादवले चार हजार ६७३ मत, माओवादी केन्द्रकी सुशीला पौडेलले तीन हजार ७८६ मत प्राप्त गर्नुभएको छ ।
अहिलेसम्म ७४ हजार २९१ मतगणना भइसकेको छ ।
यसअधि वडा नं– १,२, २५, २७ र २८ वडाको मत सार्वजनिक भइसकेको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण