प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरूबीच भेटवार्ता
काठमाडौं, जेठ ७ –प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित आयुक्तहरूको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवर्ता गरेको छ । आइतबार भएको आयोगको टोली र प्रधानमन्त्रीवीचको भेटमा २०७४ वैशाख ३१ गते पहिलो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनको समिक्षा भएको थियो । साथै आगामी २०७४ जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि आयोगले गरिरहेको तयारीका बारेमा आयोगले प्रधानमन्त्रीलाई जानकारी गराएको छ । आयुक्तहरु नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका सचिव गोपीनाथ मैनाली प्रधानमन्त्रीलाई भेटन प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । त्यस अवसरमा प्रधानमन्त्रीले पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोग र निर्वाचनमा संलग्न सवैलाई धन्यवाद दिएको तथा प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित तवरले सञ्चालन गर्न नेपाल सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरेको प्रवक्ता सुर्यप्रसाद शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण