हतियार सहित पक्राउ
धनुषा, जेठ ७– बीरगंज उपमहानगरपालिका–१९ बस्ने ३० वर्षीय सुरज कुमार सोनारलाई १ थान अटोमेटीक पेस्तोल र चार राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–६ अस्पताल चोक स्थित अप्सरा लजको कोठा नम्बर १ सय ७ बाट शनिवार सुरजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बिशेष सुराकीको आधारमा होटल खानतलासी गर्दा सोनारको साथबाट उक्त पेस्तोल बरामद भएको हो । उक्त कोठामा सँगै बसेका धनुषा गणेशमान चारनाथ नगरपालिका–१० बरमझिया बस्ने २० वर्षीय अजय कुमार यादव र मिथिला बिहारी गाउँपालिका–५ बस्ने २७ वर्षीय उपेन्द्रकुमार साहलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु थालिएको प्रहरीले जनाएको छ । यसैबिच रसुवाको गोसाईकुण्ड गाँउपालीका–५ स्थित स्याफ्रु बजारमा बस्ने फुर्वा स्याङवो तामाङलाई खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएको अभियोगमा रिसाङ वाङदी तामाङ पक्राउ परेका छन् । आपसी बादविवाद हुँदा शुक्रवार खुकुरी हानेर भागेका रिसाङलाई पार्वतीकुण्ड गाँउपालिका–५ चिलिमेबाट शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाईते भएका फुर्वाको काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचार भईरहेको छ । त्यसैगरी झापाको हल्दिबारी–४ स्थित चट्याङ पर्दा सोही ठाउँ बस्ने ५० वर्षीया लोला बानिया बेहोश भएकीले उपचारको लागि मेची अञ्चल अस्पताल लैजाने क्रममा शनिबार बाटोमै मृत्यु भएको छ । उक्त चट्याङबाट सोही ठाउँ बस्ने ५५ वर्षीय नरबदा पोख्रेल, राधिका बानियाको ११ वर्षीय छोरा अनिल बानिया र २३ वर्षीया सोरधनी बानिया समेत घाईते भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण