शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

परोपकारी संस्था वीरायतनको स्थापना

आइतबार, ०७ जेठ २०७४, १५ : २७
आइतबार, ०७ जेठ २०७४
काठमाडौं, जेठ ७–सामाजिक कार्य गदै आएको वीरायातन संस्थाले नेपालमा समेत सामाजिक क्षेत्रमा काम गने उद्देयले ‘वीरायतन नेपाल’ नामक संस्था गठन गरेको छ । परराष्ट्र मन्त्री डा.प्रकाश शरण महतले औपचारिक रुपमा संस्थाको उद्घाटन गरेका हुन् । चन्दनाजिको संरक्षकत्वमा सन् १९७३ मा भारतमा स्थापना भएको यस संस्थाले नेपालमा एउटा अन्र्तराष्ट्रिय स्तरको स्थाई संरचनाको निर्माण गरि समाजका उत्पिडित बाल बच्चाको शिक्षा दिक्षा तथा महिलालाई सीपको व्यवस्था एवं महिला ससक्तीकरण गर्ने लक्ष्य लिएको छ । आचार्य श्री चन्दना नेतृत्वमा हाल दश हजार भन्दा बढी बालबच्चा प्रत्यक्ष रुपमा शिक्षाबाट लाभान्वित भई रहेको जनाइएको छ । महिलाले सीपमुलक तालिम प्राप्त गरेको र स्वास्थ्य सेवा प्राप्त गरी संसार भरीका मानिसको जीवनमा राम्रो परिवर्तन भई रहेको जनाइएको छ । नेपालमा यस संस्थाको अध्यक्षयमा बच्छा राज तातेड, उपाध्यक्ष मोती लाल दुगड, महासचिव बिनोद कुमार सेठिया, कोषाध्यक्षमा प्रताप सिंह तातेड, सदस्यहरुमा ज्योति कुमार बेगानी, सुनिल कुमार लुनिया, श्रुति दुगड, संरक्षकमा कभिन्द्र नाथ मोदी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप