शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

तोलामा एक सय रुपैयाँ बढ्यो सुन

आइतबार, ०७ जेठ २०७४, १५ : ३१
आइतबार, ०७ जेठ २०७४
काठमाडौं, जेठ ७–नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय वजार भाउमा आएको परिवर्तनकै कारण आज सुन तोलामा एक सय रुपैयाँ बढेको जनाइएको छ । आज सुनको भाउ प्रतितोला ५४ हजार ६ सय रुपैयाँ छ । गत शुक्रबार सुनको भाउ ५४ हजार ५ सय रुपैयाँ तोकिएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी पनि तोलामा ५ रुपैयाँ बढेर ७ सय ५५ रुपैयाँमा कारोवार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप