साझाका गाडी अव भक्तपुरमा गुड्ने, तोडियो एकाधिकार
काठमाडौं, जेठ ७–साझा यातायातका गाडी अव भक्तपुरको रुटमा पनि गुड्ने भएका छन् । यातायात व्यवस्था व्यवस्थापन समितिले भक्तपुरको रुटमा गाडी सञ्चालन गर्न अनुमति दिएपछि अव भक्तपुरको पुरानो रुटमा साझाका गाडी गुण्ने भएका हुन् ।
साझायातायातका अनुसार स्वयम्भु–सीतापाइला–कलंकी–सोल्टीमोड–कालीमाटी–टेकु–त्रिपुरेश्वर–सहिदगेट–माइतीघर–नयाँ वानेश्वर हुदैं साझाका गाडी अव भक्तपुरको सूर्यविनायकसम्म पुग्नेछन् ।
गत फागुनमा नयाा तथा पुरानो रुटमा गाडी गुडाउन साझाले आवेदन दिएको थियो । अहिले पुरानो रुटमा मात्र अनुमती पाएको साझाले जनाएको छ ।
साझाले कोटेश्वरवाट सानोठिमी–पुरनो ठिमी–भक्तपुर हुँदै कमलविनायक भएर पुरनो वाटो रुटमा भने अनुमति पाएको छैन ।
यातायात व्यवस्था विभागका अनुसार साझालाई त्यो रुटमा २० वटा गाडी सञ्चालनको अनुमती प्रदान भएको छ । भक्तपुरका यातायात व्यवसायीको विरोधका कारण नयाँ रुटमा भने परमिट नदिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण