शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौं महानगरमा कहाँ हरायो गाई ? गोरुले समेत डुबायो ! (भिडियो–वार्ता)

आइतबार, ०७ जेठ २०७४, १५ : ४९
आइतबार, ०७ जेठ २०७४

काठमाडौं, जेठ ७– नमस्कार राजाराम दाई, आराम हुनुहुन्छ ? एक निजी टेलिभिजनका संचारकर्मी राप्रपाबाट काठमाडौं महानगरपालिकामा उपमेयरको उम्मेदवार राजाराम श्रेष्ठलाई नमस्कार गर्छन् ।

स्थान काठमाडौं महानगरपालिकाको मत गणनास्थल, राष्ट्रिय सभा गृह । श्रेष्ठ मुस्कानका साथ नमस्कार फर्काउछन् र सोध्छन्–के छ हालखबर ?

हालखबर ठिकै छ दाई । एमालेले तालमेलमा तपाईहरुलाई ठूलो धोका दियो नि ? राजाराम भन्छन्–सबैले यही प्रश्न गरेर हैरान पारिसके । सबै यसै भन्छन्, मतगणना भइरहेको छ, मैले औपचारिक रुपमा टिप्पणी गर्ने बेला भइसकेको छैन् । काठमाडौं महानगरपालिकाको मतगणना भइरहेको स्थान राष्ट्रिय सभा गृहमा राजनीतिक दलका कार्यकर्ता, संचारकर्मी र सुरक्षाकर्मीको चहलपहल छ ।

जेठ १ गतेबाट मतगणनाको काम शुरु भएपनि एकसातासम्म पनि आधा भाग मतगणना भइसकेको छैन । मतगणना स्थलमा अन्य पार्टीका उम्मेदवार आक्कलझुक्कल देखिएपनि राप्रपाका राजाराम श्रेष्ठ भने मतगणना स्थल र संचारकर्मीहरु बस्ने स्थलहरुमा हंसिलो मुहारमा कुरा गरिरहेका हुन्छन् ।

नेपाल पर्यटन बोर्ड अगाडि उनका एक सुभचिन्तक भेटिन्छन् । अर्कै स्थानीय तहमा भोट हालेर आएका उनी बाटोमा श्रेष्ठलाई रोकेर नमस्कार गर्दै भन्छन्–हजुरलाई मैले धेरै चोटी टिभीमा देखेको थिँए, आज भाग्यले भेटायो ।

ती सुभचिन्तक पनि उसरी नै एमालेले राप्रपालाई धोका दिएको बताँउछन् । उनी अझै थप्छन्–कमल थापाले पार्टीलाई नराम्ररी बिगारे । श्रेष्ठ मौन भएर सुनिरहन्छन्, उनी उसरी नै जवाफ फर्काउँछन्–हामीले धेरै कुराहरुमा समिक्षा गर्न जरुरी छ, औपचारिक रुपमा बोल्ने बेला अलि भएको छैन् ।

राप्रपा र एमालेले मनोनयन दर्ता गर्ने अन्तिम दिन काठमाडौं महानगरमा तालमेलको घोषणा गरेका थिए । त्यस दिन राजाराम पार्टीको तर्फबाट काठमाडौं महानगरपालिकाका मेयरको उम्मेदवारी दर्ता गराउँर्दै थिए । दिँउसोतिर उनले एमालेसँग तालमेल गर्ने सहमति बनेको खबर पाए, पार्टीको निर्णय अनुसार उनले उपमेयरमा मनोनयन दर्ता गरेका थिए । तर निर्वाचनपछि मत परिणाम आउँने बेलामा तालमेलको असर नकारात्मक देखिएको छ । एमालेका मेयरका उम्मेद्धवार विद्यासुन्दर शाक्य दोश्रो स्थानमा रहेका नेपाली कांग्रेसका राजुराम जोशीभन्दा झन्डै ७ हजार हाराहारीको मतले अगाडि लागेका छन् ।

यता राप्रपाका उपमेयरका उम्मेदवार राजाराम श्रेष्ठ भने नेपाली काग्रेसका उपमेयरका उम्मेदवार भन्दा झन्डै ८ हजार मतले पछाडि परिसकेका छन् । आइतबार दिँउसो ३ बजेको पछिल्लो मत परिणाम अनुसार कांग्रेका उपमेयरको मत २४ हजार ६ सय ६३ छ भने राप्रपाका श्रेष्ठको १४ हजार १ सय ३४ मत छ । अपेक्षा अनुसार मत परिणाम नआएपनि उनी हतास भएका भने छैनन् ।

उनले भने–“आउनुपर्ने मत नआएको सत्य हो, किन मत आएन यसबारे हामी छलफल गर्छौं नै, हाम्रो पार्टीका तमाम कार्यकर्ताहरुले एमालेलाई भोट मागेका हुन्, अहिले हाम्रो भोट हरायो, यसबारे हामी यथार्थ के हो, जनसमक्ष सार्वजनिक गर्छौ नै ।” उनले अहिलै एमालेलाई आरोप लगाउने बेला नभएको बताँउदै अन्तिम परिणाम आएपछि विश्लेषण गर्ने बताए । राप्रपाले एमालेलाई भोट माग्यो, तर एमालले.. राष्ट्रिय सभागृहमा यतिबेला राप्रपा–एमालेको तालमेल र त्यसबाट आएको मतपरिणामलाई लिएर बाक्लै रुपमा टिकाटिप्पणीहरु चलिरहन्छ । काठमाडौं महानगरपालिका अन्र्तगतको एउटा वडाका निर्वाचन प्रतिनिधी माओवादी केन्द्रका कार्यकर्ता रामचन्द्र दाहालले भने–राप्रपाले इमान्दारिता देखाएर आफ्ना समर्थकलाई एमालेलाई भोट हाल्न लगायो तर उसले राप्रपालाई भोट नै मागेन ।

एमालेले राप्रपालाई भोट नमाग्नुको कारण आफ्नो मत काटिने र बदर हुने अवस्थाबाट जोगाउनु रहेको उनको तर्क थियो ।राजारामलाई पनि यस्तै लागेको छ । उनी भन्छन्–“तालमेल नगरेको भए म अहिले पाएको भन्दा धेरै भोट ल्याँउथे ।”

उनले दोश्रो संविधान सभाको निर्वाचनमा काठमाडौंमा ३ ठूला दल कांग्रेस एमाले माओवादी भन्दा सबैभन्दा बढी समानुपातिक मत ल्याएको सम्झिए । तालमेलमा के भयो कमजोरी ? राजारामकै शब्दमा जनताकोमा तालमेलको स्पष्ट सन्देश लिएर जान नसक्नु, मनोनयन दर्ता हुने समय सकिन ९० मिनेट अघि तालमेल गर्ने निर्णय हुनु, तालमेलको सन्देश एमाले कार्यकर्ताहरुले आफ्ना समर्थकसम्म नपु¥याउनु, धेरै मत बदर हुनुजस्ता कमजोरी भएका हुन् । तर अहिलै एमालेले धोका दियो भन्ने पक्षमा भने आफू नरहेको उनले बताए । उनले भने–मतपरिणामको अवस्था हेर्दा बरु अगाडि गरेको पूर्वतयारी अनुसार चुनावमा भाग लिएको स्वभाविक रुपमा यो भन्दा बढी मत आउँने थियो ।”

निर्वाचन आयोगको कमजोरीः हलगोरुमा हजारौ मत निर्वाचनमा मत राम्रो नआउनुमा तालमेल मात्र कारक नभएर निर्वाचन आयोगको कमजोरी पनि रहेको उनको बुझाई छ । अनावश्यक रुपमा मतपत्र लामो हुनु, काठमाडौं महानगरपालिकामा भाग नलिएको तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीको चुनाव चिन्ह हल गोरु राखिनु, उपमेयर नउठाएको एमालेको चुनाव चिन्ह मतपत्रमा रहनु जस्ता कारणले आफू पछि परेको उनले बताए ।

ठूलो मतपत्रका कारण मतदाताहरुलाई पनि झन्झट भएको र मत गणनाको बेला पनि झन्झट भएको उनले बताए । मतपत्रको चौथो स्थानमा राप्रपाको चुनाव चिन्ह गाई जस्तै देखिने हल गोरुमा पनि हजारौं मत गएको उनले बताए । यस्तै उपमेयरमा एमालेको सूर्य चिन्ह र गाईमा पनि धेरै मत हालिएका कारण बदर गरिएको उनले बताए । मतगणनाको काम अझै आधा भन्दा बढी भएकोले आफू आसाबादी रहेको उनले बताए ।

हेर्नुहोस भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप